२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

कृतिमान एवाई स्मृती कप : चुनिया,सरस्वती,लालिगुरास र लामिटार क्लब सेमिफाइनलमा



माङ्सेबुङ । इलामको माङसेबुङमा किरात शहिद कृतिमान एवाइ स्मृती कप – २०७९ फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

माङसेबुङ ५ अवस्थित आत्मानन्द रंगशालामा बुधबार भएको  खेलमा नाम्बिन लालिगुरास ( बि ) टिमले नालीफूङ्वा लाई ट्राईबेकरमा पराजित गरेका थिए ।

यसैगरी आजै भएको दोस्रो खेलमा दुम्सेलाई हराउदै चुनियाले जीत हासिल गरे । त्यस्तै सरस्वती माबि र लामिटार फुटबल क्लब ( बि ) बीच भएको तेस्रो खेलमा सरस्वतीसंग लामिटार ( बि) ले हार बेहोरेको थियोे ।

यसैगरी प्रतियोगितामा जीत हासिल गर्दै लामिटार क्लब ( ए ) , नाम्बिन लालिगुरास , चुनिया र सरस्वती माबि सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिजेता टिमले रु १० हजार रुपैयाँ ट्रफी र मेडल संगै प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उपबिजेताले रु ५ हजार रुपैयाँ ट्रफी र मेडल सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलमा ८ टिमको सहभागिता रहेको थियो । आत्मनन्द रंगशालामा आयोजित खेलको आयोजना आत्म – पबित्र हक्चात यक्चुम खेलकुद समितिले गरेको हो ।

किरात धर्म, भाषा ,लिपि र सस्कृतीको लागि दिलो ज्यान दिने कृतिमान एवाई राई तत्कालीन दशबर्षे दन्दकालमा माओवादी सशस्त्र समुहद्वारा एवाई मारिएको हो ।

 

 

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ४ : ०० बजे