माङ्सेबुङ । किरात सहिद कृतिमान एवाई स्मृति कप नाम्बिन लालिगुराँस युबा क्लब मझुवाले उपाधि जितेको छ ।
इलामको माङ्सेबुङ ५ अवस्थित आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा बिहिवार आत्मानन्द रंगशालामा भएको फाइनल खेलमा मझुवाले खानिटार क्लबलाई १-० गोल अन्तरले पराजित गरि उपाधि जितेको हो ।
खेलको उत्कृष्ट खेलाडी प्रदिप राई, उत्कृष्ट डिफेन्डर दिलहाङ लिम्बु, किपर भिष्म लिम्बु, सर्बाधिक गोलकर्ता बिक्रम लिम्बु र अनुशासित खेलाडी सनम लिम्बु घोषित भए ।
बिजेता टिमले नगद रु १० हजार रुपैयाँ ट्रफी र मेडल संगै प्रमाणपत्र प्राप्त गरे । यस्तै उपबिजेताले नगद रु ५ हजार रुपैयाँ ट्रफी र मेडल सहित प्रमाणपत्र प्राप्त गरेका थिए । खेलमा ८ टिमको सहभागिता रहेको थियो ।
किरात धर्म, भाषा ,लिपि र सस्कृतीको लागि दिलो ज्यान दिने कृतिमान एवाई राई तत्कालीन दशबर्षे दन्दकालमा माओवादी सशस्त्र समुहद्वारा एवाई मारिएको हो ।