१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

तमोर नदीमा : किरात सावायेहाङ आप्लुङगेन ताप्फेङ नु माङ्हुप वादेम्मा सेवा हुने



माङ्सेबुङ । आठराई गाउँपालिका र हिलिहाङ गाउपालिकाको संगमस्थल नक्कलेघाट तमोर नदीमा ऐतिहासिक धार्मिक अनुष्ठान किरात सावायेहाङ आप्लुङ्मेन ताप्फेङ नु माङ्हुप वादेम्मा सेवा हुने भएको छ ।

यहि माघ १२ गते बिहिबार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तथा ममतामयी गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङ्मा लिङ्देनज्यूहरुको देव उपस्थितिमा “विश्व शान्ति मानव एकताको लागि” आप्लुङ्गेन ताप्फेङ नु माङहुप वादेम्मा सेवा हुने किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङ्मेन ताप्फेङ नु माङ्हुप सेवा समारोह आयोजक समितिले जनाइएको हो ।

यसैगरी  सेवामा १ लाख ८ हजार १०८ येप्लिङ र १ लाख ८ हजार १०८ बात्ती बालिने समेत आयोजक समितिले जनाएको छ ।

सो ऐतिहासिक धार्मिक माङहुप वादेम्मा अनुष्ठानको लागि स्वदेश विदेशबाट हजारौंको संख्यामा किरात धर्मावलम्बीहरुको उपस्थिति रहने पनि आयोजक समितिले बताएको छ। यस्तै सेवामा इलाम , पाँचथर, झापा, मोरङ, ताप्लेजुङ, तेर्हथुम, सुनसरी, धनकुटा,काठमाडौ , भक्तपुर , ललितपुर र छिमेकी भारतको सिक्किम, दार्जिलिङ, आसाम, हङकङ, अमेरिका,अस्ट्रेलिया , बेलायत लगायतबाट सेवामा किरात धर्मावलम्बीहरुको उपस्थिति रहने समेत जनाइएको छ ।

 

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १२ : ३६ बजे