६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

डिल्लीप्रसाद तुम्बापो ( जौबारी कान्छा ) ८६ औ जयन्तीको अवसरमा हर्कविर योङहाङ सम्मानित



किरात समाचार । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ´सेइङ` को प्रथम चेला महान समाधिष्ट ध्यानी आवाल ब्रम्मचार्य तुत्तु डिल्लीप्रसाद तुम्बापो ( जौबारी कान्छा ) को जन्मजयन्ती मनाइएको छ ।

शनिबार पान्थरको फेदेन नगरपालिका ५ स्थित लोब्रेकुटीमा डिल्लिप्रसाद तुम्बापो (जौबारी कान्छा ) अध्ययन प्रतिष्ठानको आयोजनामा आयोजित कार्यक्रमको प्रमुख अतिथि तुम्बापो समाज सेवा संघको अध्यक्ष धनराज तुम्बापोको हस्तबाहुलिबाट दिपप्रज्वलन गरी जौबारी कान्छाको ८६ औ जयन्ती शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम भब्यताका साथ मनाइएको हो ।

कार्यक्रममा विशिष्ट अतिथि फेदेन ५ वडाध्यक्ष भरत तुम्बापो, श्याम नयन तुम्बापो, सम्मानित व्यक्तित्व हर्कविर योङहाङ , किरात साम्यो तुम्बापो सयङ अध्यक्ष कृतिविक्रम तुम्बापो , बद्रीनन्द स्मृती प्रतिष्ठान अध्यक्ष गीवार्णहाङ तुम्बापो , फेदेन – २ पूर्व वडाध्यक्ष सुकपाल तुम्बापो रहनु भएको थियोे ।

प्रतिष्ठानद्वारा योङहाङ सम्मानित 
डिल्ली प्रसाद तुम्बापो ( जौबारी कान्छा ) अध्ययन प्रतिष्ठानले किरात धर्मप्रति योगदान पुर्याउने व्यक्तित्वहरुलाई प्रत्येक बर्ष जन्मजयन्तीको अवसरमा प्रतिष्ठानले एकजना लाई सम्मान गर्दै आइरहेको छ । यसैगरी प्रतिष्ठानले  यसपटक  ९ औ  सम्मानितको रूपमा किरात धर्म र सास्कृतिक क्षेत्रमा लामो समय योगदान पुर्याएका माई नगरपालिका ६ स्थित बसोबास गर्दै आएका हर्कविर योङहाङलाई अध्ययन प्रतिष्ठानले सम्मान पत्रद्वारा सम्मान गरेको छ ।

यसैगरी कार्यक्रममा प्रमुख अतिथि धनराज तुम्बापो विशिष्टअतिथि फेदेन ५ वडाध्यक्ष भरत तुम्बापो, श्याम नयन तुम्बापो, सम्मानित व्यक्तित्व हर्कविर योङहाङ , किरात साम्यो तुम्बापो सयङ अध्यक्ष कृतिविक्रम तुम्बापो , बद्रीनन्द स्मृती प्रतिष्ठान अध्यक्ष गीवार्णहाङ तुम्बापो लगायतले जौबारी कान्छाले किरात धर्ममा पुर्याएको योगदानको चर्चा गर्दै शुभकामना मन्तव्य राखेका थिए ।

डिल्लिप्रसाद तुम्बापो (जौबारी कान्छा ) अध्ययन प्रतिष्ठानको अध्यक्ष ध्रुव तुम्बापोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सचिव सुबास तुम्बापो ( काङसोरे ) ले संचालन गरेका थिए ।

 

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ५ : ४० बजे