७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पवित्रहाङमा कप: आज रोयल दमक र एम.एफ.सी.दार्जिलिङ प्रतिष्पर्धा



किरात समाचारः माङसेबुङमा जारि पवित्रहाङमा कप फुटबल प्रतियोगिता अन्तरगत आज  रोयल स्पोर्टिङ क्लब दमक झापा र एम.एफ.सि.दार्जिलिङ भारतबिच प्रतिस्पर्धा हुदैंछ ।

इलामको माङसेबुङ ५, स्थित  आत्मानन्द रंगशालामा दिउसो २ बजे सुरु हुने प्रतियोगितामा रोयल दमक र एम.एफ.सी. दार्जिलिङबिच हुने आयोजक आत्मा पबित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन  जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०६७ सालमा विजेताले नगद ५ हजार भने उपविजेताले ३ हजार थियो ।

१३ औं वर्षमा प्रबेश गर्दा यस खेलबाट विजेताले नगद २ लाख एक सय ६७ र उपविजेताले १ लाख एक सय ६७ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुनेछ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ५ : २१ बजे