७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

एम.एफ.सी. दार्जिलिङको पहिलो जित



किरात समाचार : माङसेबुङमा जारी ‘पवित्रहाङमा कप २०७९’ मा पाहुना टोली एफ.एफ.सी. दार्जिलिङ भारतले रोयल स्पोर्टिङ क्लब दमकलाई हराएको छ। मंगलबार भएको खेलमा ५-१ गोल अन्तरले दमकलाई हराएको हो ।

खेलको पहिलो हाफमा भारतकी खेलाडी सोनिया मारकले ह्याट्रिक गर्दै टिमलाई फराकिलो अन्तरले बिजयी गराईन् । दोस्रो हाफको पहिलो सान्तवना गोल दमकको तर्फबाट मेनुका आलेमगरले गरिन् । त्यसपछि पाहुना टेलीकै सोनिया मारक र सुस्मिता लेप्चाले एक-एक गोल गर्दै टिमलाई जित दिलाए ।

 

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १२ : १६ बजे