७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पवित्रहाङमा कपमा जनता सेभेन स्पोर्टीङ क्लब दोस्रो चरणमा प्रबेश



माङ्सेबुङ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप फुटबल प्रतियोगिता जनता सेभेन स्पोर्टीङ क्लब सुर्योदय इलाम दोस्रो चरणमा प्रबेश गरेको छ ।

इलामको माङसेबुङ ५, स्थित आत्मानन्द रंगशालामा आज बिहिबार भएको खेलमा ट्राइबेकरमा  कन्काई नगर खेलकुद विकास समिति झापालाई हराउदै जनता सेभेन स्पोर्टिङ क्लब सुर्योदय इलाम  दोश्रो चरणमा प्रबेश गरेको हो ।

निर्धारित समयमा दुबै टिमको तर्फबाट १-१ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा कन्काई नगर खेलकुद विकास समिति झापालाई पराजित गर्दै सुर्यदय इलामले जीत निकालेको हो ।

किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ को विजेताले नगद रु २ लाख १ सय ६७ रुपैयाँ  र उपविजेताले १ लाख १ सय ६७ रुपैयाँ  प्राप्त गर्नेछन् ।प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुनेछ ।

 

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  १ : ३० बजे