६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024
Breaking News

किरात लिम्बू गीत ´इक्सा खाम्बेक` सार्वजनिक ( भिडियो सहित )


माङसेबुङ । गायक तथा संगीतकार लेखनाथ चेम्जोङ र गायीका मोनिका लोहोरुङको सुमधुर आवाजमा कलाकार अनिस लावती सिङजाङ, बिम्बु मगर र रुक्साना लिम्बूद्वारा अभिनित किरात लिम्बू भक्ति भजन गित ´इक्सा खाम्बेक` सार्वजनिक गरिएको छ ।

गीतकार योगेश लावतीको शव्द गायक तथा संगीत लेखनाथ चेम्जोङको संयोजनमा रंगकर्मी तथा निर्देशक बिक्रम वनेम फागोको निर्देशन र हिमेस खेसाङको निर्माणमा ´इक्सा खाम्बेक` गीत एचएम स्टुडियो(युएस) युट्यूव च्यानलबाट बुधबार सार्वजनिक गरिएको हो ।

सुजन श्रेष्ठको छायांकन, ड्रोन, सम्पादन तथा कलर र इश्वरी श्रेष्ठको मेकअप रहेको गीतको छायांकन इलामको धार्मिक पर्यटकिय स्थल माङसेबुङमा गरिएको छ ।

भिडियो हेर्नुहोस…