किरात समाचार । विश्व शान्ति तथा मानव एकताको लागि सप्ताहव्यापी किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङगेन ताप्फेक सेवा फुलुङगीमा हुने भएको छ ।
इलामको माङ्सेबुङ गाउँपालिका -३ स्थित किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ ज्ञानभूमि फुलुङगीमा आउदो चैत ५ -१४ गतेसम्म सावायेहाङ आप्लुङगेन ताप्फेक सेवा हुने भएको हो ।
यसैगरी चैत ५ गते सेवा स्थलमा उपस्थिति रहेको छ । र, ६ गते मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूबाट सेवाको समुद्घाटनसंगै सप्ताहव्यापी सेवाको प्रारम्भ हुनेछ ।
सेवा समापनमा कार्यक्रममा सेवामा सहयोगदाताहरुलाई सम्मान गरिने र अङसीमाङ तथा अङसीमामाङको हस्तबाहुलीबाट माङवाहाङवा वितरण गरिने कार्यक्रम तय गरिएको छ ।
सेवा यसअघि तमोर नदिको नक्कलेघाट, फेदेनको सुम्हात्लुङ गढी र यासकको कुम्मायक हुँदै इलामको माङसेबुङ गाउपालिका ३ स्थित किरात धर्मगुरु ज्ञानभूमि फुलुङगीमा
१ लाख ८ हजार १ सय ८ येप्लीङसहित १ सय ८ नदिको पानीले सिञ्चित गरी सेवाको समापन गरिने सेवा आयोजक समितिले जनाएको छ ।



