किरात समाचार: लिम्बुवान, किरात संयुक्त संघर्ष समिति, पहिचान सहितको प्रदेश नं. को १ पुनः नामाकरण अभियान समिति र किरात राई यायोक्खाद्वारा प्रदेशको नाम कोशी खारेजीको लागि नेपाल आदिबासी जनजाती महासङ्घ र थप विभिन्न नयाँ घटक सदस्यहरुसमेतसँग संयुक्त आन्दोलनलाई एकीकृत गर्नुकासाथै संयुक्त आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको आयोजक प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले जनाएको छ ।
यस्तो छ आन्दोलनका कार्यक्रम
१. २०७९ फागुन २५ र २६ गते : प्रदेश व्यापी कालो झण्डा गाड्ने । कोणसभाहरु गर्ने ।
स्थानीय तह लगायतका कार्यालयहरुमा तालाबन्दी गर्ने ।
कोशी नामका बोर्डहरु हटाउने । कोशी नामका लेटरप्याडहरु जलाउने ।
कोशी नाममा मत हाल्ने सांसदहरुलाई प्रतिकार गर्ने ।
वडा तहसम्म संघर्ष समिति विस्तार जारी राख्ने ।
पर्चा निर्माण र वितरण गर्ने । भित्ते लेखन गर्ने ।
उद्ययोगी, व्यवसायी, व्यापारी, यातायत लगायतकाहरु निकाय, व्यक्ति एवम् संस्थाहरुसँग समन्वयात्मक बैठक बस्ने ।
२. २०७९ फागुन २७ गते : प्रदेश ब्यापी राँके जुलुस गर्ने ।
३. २०७९ फागुन २८ गते आइतबार : प्रदेश व्यापी आम हडताल गर्ने ।
४. २०७९ चैत ०५ गते :विराटनगरमा विशाल जनप्रदर्शन गर्ने ।


