९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

“कोशी” प्रदेशको विरोधमा माङसेबुङमा निकालियो राके जुलुस



किरात समाचार । ‘कोशी’ प्रदेशको खारेजीको माग गर्दै प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले माङ्सेबुङमा राके जुलुस प्रदर्सन गरेको छ ।

शनिबार आन्दोलनकारीले  माङ्सेबुङ गाउपालिका वडा नम्बर ५ वडा कार्यालयबाट राके जुलुस सहित कोशी प्रदेश खारेज गर, कोशी प्रदेश मान्दैनौ जस्ता नाराहरु लगाउदै आन्दोलनकारीले  लासिङबुङ , इलामेगेट परिक्रमा गरेर भालुटारको शाकाहारी बुधबारे हटियाको प्राङ्गणमा कोणसभा गरेका थिए ।

कोणसभालाई प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको घटक पहिचान सहितको प्रदेश १ पुनः नामाकरण अभियान समिति माङसेबुङ गाउँपालिका अध्यक्ष उदयविक्रम तुम्बापोले कोणसभालाई सम्बोधन गरेका थिए ।

संघर्ष समितिको घोषित आन्दोलन कार्यक्रम अनुसार प्रदेशभर सदरमुकाम गाउँ शहरहरुमा राके जुलुस निकालिएको छ । यस्तै ताप्लेजुङको फुङलिङ, पाँचथरको फिदिम, इलामको इलामबजार, झापाको बिर्तामाड, दमक, भद्रपुर, मोरङको उर्लाबारी, पथरी, लेटाङ र बेलबारी, सुनसरीको इटहरी र धरान, धनुकटाको धनकुटाबजार, तेह्रथुमको मेयङलुङ, भोजपुरको भोजपुरबजार, उदयपुरको गाइघाट, खोटाङको दिक्तेल, ओखलढुंगाको ओलढुंगा, सखुवासभाको चैनपुर लगायत स्थानमा राँके जुलुस प्रदर्शन गरेको जनाइएको छ ।

संयुक्त संघर्ष समितिले भोलि १ दिने प्रदेशब्यापी आमहडताल समेत गरेको छ । र, चैत ५ गते विराटनगरमा विशाल जनप्रदर्शन गर्ने प्रदेश पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गत १७ फागुनमा प्रदेश सभाले प्रदेशको नाम कोशी नामाकरण गरेसँगै प्रदेशको नाम पुनःनामाकरण गर्न माग गर्दै विभिन्न राजनीतिक दल र सामाजिक,जातीय संघसंस्था प्रदेश नामाकरणविरुद्ध आन्दोलित भएका छन् ।

 

 

 

 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ४ : ३१ बजे