६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

कोशी प्रदेश नाम खारेजी आन्दोलन समिति बिस्तार



किरात समाचार : कोशी प्रदेश नाम खारेजीका लागि चरणवद्ध आन्दोलन भइरहेको छ । आन्दोलनको अभियानलाई निरन्तर सञ्चालन गर्न झापाको विभिन्न ठाउँमा अन्तरक्रियासँगै संगठन विस्तार कार्यक्रमलाई अगाडि बढाइएको छ ।

प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको एक घटक संगठन पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान समितिले अन्तरक्रिया तथा संगठन विस्तार कार्यक्रमलाई अगाडि बढाउने आज झापाको दमकमा सम्पन्न अन्तरक्रिया सँगै कुमारी लाओतीको नेतृत्वमा ९ सदस्यीय दमक नगर स्तरीय अभियान समिति गठन भएको छ।

यसरी संगठन निर्माण गर्ने क्रममा बुद्धशान्ति गाउँपालिका,
अर्जुनधारा नगरपालिका, झापा गाउँपालिका, पान्थरको मिक्लाजुङ ५ कुरुम्बामा पनि संघर्ष समिती गठन गरिएको बताएका छन ।

यसरी आन्दोलनका लागि अभियान समिति विस्तार गर्ने क्रममा अभियान समितिमा केराबारी गाउँपालिका स्तरीय संयुक्त संघर्ष समिति पनि गठन गरिएको छ ।

 

 

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ५ : ०९ बजे