दमक । ‘कोशी’ प्रदेश नामकरणको विरोधमा दमक नगरपालिका ७ नम्बर वडा कार्यालयमा बुधबार तालाबन्दी गरिएको छ ।
प्रदेशको नाम पुनः नामाङकन गर्नुपर्ने माग गर्दै प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले दमक नगरपालिका वडा नम्बर ७ मा तालाबन्दी गरेको हो । सो तालाबन्दी गरिएको फोटो संघर्ष समितिका कार्याकर्ता अबि चेम्जोङले समाजिक सन्जालमा पोष्ट गरि जानकारी गराएका थिए ।
प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ नामाकरण गरेपछि राजनीतिक दल सम्बद्ध मोर्चा , सामाजिक संघसंस्था र जातीय संगठनहरुले प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति गठन गरेर ‘कोशी’ को विरोध गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै आइरहेको छ ।

संघर्ष समितिले गत फागुन २८ गते कोशी प्रदेशमा आम हड्तालसँगै ठाँउठाँउमा मसाल जुलुस निकालिएको थियो । र, चैत ५ गते प्रदेशको राजधानी विराटनगरमा विशाल जनप्रदर्शन समेत गरेको छ ।


