२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

कोशी खारेजी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न



माङसेबुङ  ।    इलामको माङ्सेबुङ वडा नम्बर ५  स्थित शनिबार प्रदेशको नाम कोशी खारेजि अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

पहिचान सहितको प्रदेश १ को पुनः नामाङकन अभियान समितिको आयोजनामा प्रदेशको नाम कोशी खारेजीका लागि भइरहेको आन्दोलनको विषयमा अभियान समितिका कार्यकर्ताहरुलाई प्रशिक्षणको लागि अभिमुखिकरण कार्यक्रम गरिएको हो  ।

अभिमुखिकरण कार्यक्रममा अभियान केन्द्रीय समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, सह अध्यक्ष केहेरसिं योङहाङ, उप महासचिव नन्दकुमार नेम्बाङ, केन्द्रीय समिति कार्य सम्पादन समिति सदस्य रामभक्त कुरुम्बाङले अभियान सम्बन्धि बोल्नु भएको थियो ।

त्यसैगरी अभियान समितिका केन्द्रीय सदस्य होमबहादुर लिङदेन, कोषाध्यक्ष चिरञ्जीवि खालिङ लगायतले पनि अभियान सम्बन्धि सहजीकरण गरेका थिए ।

अभिमुखिकरण कार्यक्रमसँगै नालीगेन थाङबेन मुक कप माङसेबुङ समेत गठन गरिएको छ । अभियान कार्यक्रम सम्बन्धि आम नागरिकलाई प्रशिक्षण गराउन विभिन्न क्षेत्रमा अभिमुखिकरण कार्यक्रम लैजाने तयारी गरिएको अभियान समितिले जनाएको छ ।

पहिचान सहितको प्रदेश १ को पुनः नामाङकन अभियान समिति माङसेबुङ गाउँपालिका समितिका अध्यक्ष उदयविक्रम तुम्बापोको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई अभियान आर्थिक उप समितिका केन्द्रीय सदस्य सचिव मनकुमार आङबुहाङले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  २ : ४४ बजे