५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

खोटाङमा आन्दोलनकारीले कोशी लेखिएको क्यालेन्डर जलायो



किरात समाचार । खोटाङमा कोशी प्रदेशको विरुद्धमा  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ‘कोशी प्रदेश’ लेखिएको क्यालेण्डर जलाएको हो ।

मंगलबार नगरपालिका कार्यालयको प्रवेशद्वार अगाडी दिउँसो २ बजे करीव २०० थान कोशी प्रदेश लेखिएको क्यालेण्डर जलाएको  हो ।

गएको २६ चैतमा  ज्येष्ठ अगुवा पर्खन बहादुर राईको अध्यक्षतमा बसेको बैठकले कोशी प्रदेश खारेजीको आन्दोलन चर्काउन युगसन किरातको संयोजकत्वमा पुनःनामाङ्कन संघर्ष समिति र ६ वटा उपसमिति गठन गरेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ५ : १५ बजे