किरात समाचार । खोटाङमा कोशी प्रदेशको विरुद्धमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ‘कोशी प्रदेश’ लेखिएको क्यालेण्डर जलाएको हो ।
मंगलबार नगरपालिका कार्यालयको प्रवेशद्वार अगाडी दिउँसो २ बजे करीव २०० थान कोशी प्रदेश लेखिएको क्यालेण्डर जलाएको हो ।
गएको २६ चैतमा ज्येष्ठ अगुवा पर्खन बहादुर राईको अध्यक्षतमा बसेको बैठकले कोशी प्रदेश खारेजीको आन्दोलन चर्काउन युगसन किरातको संयोजकत्वमा पुनःनामाङ्कन संघर्ष समिति र ६ वटा उपसमिति गठन गरेको थियो ।


