माङसेबुङ । माङसेबुङ गाउँपालिकाले उत्प्रेरणा तथा पुनतार्जगी कार्यक्रम कर्मचारीहरुलाई प्रदान गरेको छ । पालिकाले कर्मचारीहरुको लागि वैशाख २२ र २३ गते सुर्यदय नगरपालिका-५ अवस्थित अन्तुडाडा होटलको सभाहलमा उत्प्रेरणा तथा पुनर्ताजगी कार्यक्रम सञ्चालन गरेको हो।
तालिममा कर्मचारीले कसरी बोल्ने,कसरी सेवाग्राहीलाई सुविधा दिने र सन्तुष्टि बनाउने लगायतका बिषयमा प्रशिक्षण दिएको यस कार्यक्रमका आयोजकका अध्यक्ष माङसेबुङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार चौहानले बताउनु भयो। उनले भने, ‘कार्यक्रमबाट कर्मचारीहरुले सेवाग्राहीहरुलाई सेवा तथा सुबिधा दिने सीप विकासमा टेवा पुग्ने बिश्वास गरिएको बताए ।’

कार्यक्रमको प्रमुख प्रशिक्षकको रुपमा नेपाल अध्ययन प्रतिष्ठान स्टाप कलेजका प्रबन्धक विनोद कुमार बिष्टले गर्नुभएको थियो।माङसेबुङ गाउँपालिकाले आयोजना गरेको उत्प्रेरणा तथा पुनतार्जगी दुई दिने कार्यक्रमलाई हिमालयन सामाजिक परामर्श तथा तलिम केन्द्र ( प्रा.लि) ले संयोजन गरेको थियो।कार्यक्रममा ४४जना कर्मचारीहरुले सहभागीता जनाएको थियोे ।


