५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

दमकमा कोशी खारेजी अभियान सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न



दमक । प्रदेशको नाम कोशी खारेजी आन्दोलन अभियान सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार झापाको दमकस्थित किरात भवनमा पहिचान सहितको प्रदेश १ को पुनः नामाङकन अभियान उप समिति मोरङ र प्रदेश न.१ पुनः नामाङकन संयुक्त संघर्ष समिति झापाको संयुक्त आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा  मानवशास्त्री तथा आदिवासी अभियन्ता डा. कृष्ण भट्टचन, लाहुरनिपका महासचिव तथा अधिवक्ता शंकर खापुङले अभियान सम्बन्धि बोल्नु भएको थियो ।

कार्यक्रममा बोल्दै मानवशास्त्री तथा आदिवासी अभियन्ता डा. कृष्णबहादुर भट्टचनले प्रदेश नं. १ को आदिवासीको पहिचान आन्दोलन सफल भए नेपालकै आदिवासीको आन्दोलन सफल हुने बताए  ।

कार्यक्रममा लाहुरनिपका महासचिव शंखर लिम्बूले भने ‘कोशी प्रदेश छलफल बिना आएको हुँदा सदनबाट फिर्ता नलिएको खण्डमा यो भन्दा ठूलो विद्रोह हुने चेतावनी दिए ।’

झापा संघर्ष समितिका अध्यक्ष पाण्डवलाल चौधरीको सभाध्यक्षमा भएको कार्यक्रममा मोरङ संघर्ष समितिका अध्यक्ष रामभक्त कुरुम्बाङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम बिन्द्र नाल्बोले संचालन गरेको थियोे । 

 

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ११ : २७ बजे