२३ माघ २०८१, बुधबार | Wed Feb 5 2025

माओवादी केन्द्रका दुई मन्त्रीले दिए राजीनामा



उर्लाबारी ।  नेकपा एमाले हिक्मत कार्की नेतृत्वको सरकारबाट   माओवादी केन्द्रका दुईजना मन्त्रीले राजीनामा दिएका छन् ।

माओवादीबाट भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईँ र पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् ।

 

माओवादी केन्द्र प्रदेश समितिले मंगलबार सरकारबाट बाहिरिने निर्णय गरेपछि  मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका छन् । उनीहरू गत पुस २५ गते मन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  १ : ४३ बजे