माङ्सेबुङ । इलामको माङ्सेबुङ गाउँपालिकाले वैदेशिक रोजगारीमा जानेहरुको लागि श्रम स्वीकृति सेवा सुरु गरेको छ ।
आइतबार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बुद्धि खतिवडाले पहिलोपटक टेकेन्द्र रानालाई श्रम स्वीकृति पत्र उपलब्ध गराएर सेवा सुरु गरेका हुन् ।
रानाले कतार जानका लागि पालिकाबाटै पहिलोपटक श्रमस्वीकृति लिन पाउँदा खुशी भएको बताए ।
मन्त्रिपरिषद्को २०७९ चैत १६ गते गरेको निर्णय अनुसार स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यवस्था सुरु भएको हो ।


