५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

साउदेन वंशावली पुस्तक विमोचन ( फोटोसहित )



दमक । साउदेन वंश कल्याण समाजले किरात सभ्यताभित्रको थाक्थाकु माबोहाङ साउदेन वंशावली पुस्तक विमोचन गरेको छ ।

शुक्रबार बिर्तामोडको सिटि सेन्टरको सभाहलमा आयोजित साउदेन वंशावली विमोचन तथा साउदेन वंश कल्याण समाजको प्रथम महाधिवेशन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति महासंघ झापा जिल्ला अध्यक्ष पाण्डपलाल चौधरी ,किरात याक्थुङ चुम्लुङ झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकले संयुक्तरूपमा वंशावलीको दोस्रो संस्करण पुस्तक बिमोचन गरेका हुन्  ।

कार्यक्रममा  टिकाराम गुरुङ ,कियाचु झापा अध्यक्ष सेसेहाङ फियाक , आदिवासी जनजाति महांसघ झापा जिल्ला अध्यक्ष पाण्डपलाल चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सस्थाको आर्थिक आय व्यय प्रतिबेदन तेजप्रसाद  साउदेनले प्रस्तुत गरेका थिए । त्यस्तै वंशावली प्रकाशन सहयोगदाताहरुलाई आयोजकको तर्फबाट समितिले धन्यवाद पत्र प्रदान गरेको थियो ।

कार्यक्रममा लोकप्रीय गायिका स्वस्तिका साउदेनले किरात लिम्बु  भाषिक र पुर्वेली लोकआधुनिक गित गाएर उपस्थित सहभागीहरुलाई मनोरञ्जन दिलाए ।

पूर्वका जिल्ला ताप्लेजुङ, इलाम, झापा ,मोरङ ,सुनसरी ,तेह्रथुम र छिमेकी मुलुक भारतको सिक्किम , आसाम, भुटान लगायतबाट वंशावली विमोचन कार्यक्रममा साउदेन वंशहरुको बाक्लो सहभागिता रहेको थियोे ।

OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ३ : १९ बजे