७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

श्रीलंकाले जित्यो विश्वकप छनोटको उपाधि



काठमाडौ । श्रीलंकाले विश्वकप छनोट क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शीर्ष २ टिमबीच भएको फाइनलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई १२८ रनले हराउँदै उपाधि जितेको हो ।

जिम्बाव्वेको  पहिलो ब्याटिङ गरेको श्रीलंकाले ४७.५ ओभरमा अल आउट हुनुअघि २३३ रन बनाएको थियो ।त्यस्तै श्रीलंकाका सहान अरचिगेले ५७ तथा कुशल मेन्डिसले ४३ रन बनाए ।

नेदरल्यान्डसले जीतको लागि  २३४ रनको लक्ष्य पछ्याएको थियोे । श्रीलंकाको बलरसामु  २३.३ ओभरमा १०५ रनमा अल आउट भयो ।

नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओडोडले ३३ तथा लोगन भान बीकले नट आउट २० रन र विक्रमजित सिंहले १३ रन बनाउनु बाहेक अरु ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन् ।

 

 

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  २ : ४२ बजे