७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मोरङको सुकुना बहुमुखी क्याम्पसले चुम्यो प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उपाधि



दमक । प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उपाधि सुकुना बहुमुखी क्याम्पस मोरङले जितेको छ । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आज सम्पन्न फाइनल खेलमा सुकुनाले झापाको काँकरभिट्टा बहुमुखी क्याम्पसलाई ८–१ को फराकिलो गोल अन्तरले हराउँदै उपाधि जीतेको हो । विजयी सुकुना क्याम्पसले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । उपविजेता काँकरभिट्टाले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी सुकुनाका दिवस राई भए । उच्च गोलकर्ता सुकुनाका अनिश खवास, उत्कृष्ट गोलकिप्पर सुकुनाका युकेश राई, उत्कृष्ट प्रशिक्षक सुकुनाका नितेश काफ्ले भए । फेयर प्लेको उपाधि काँकरभिट्टाले पायो ।प्रतियोगितामा झापा, मोरङ, सुनसरी र इलामका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त २१ वटा क्याम्पसले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ४ : ४६ बजे