काठमाडौँ । शिक्षक लाइसेन्सको लागि निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र लाइसेन्सको विज्ञापन खुलाएको छ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र लाइसेन्सको विज्ञापन खुलाएको हो ।
शिक्षक सेवा आयोगको साउन १० को निर्णय अनुसार आजदेखि आवेदन दिन सक्नेछन्। कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने आयोगले जनाएको छ। आयोगका अनुसार भदौ ११ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर भदौ १८ गतेसम्म दिन सकिने आयोगले जनाएको छ।
आवेदन https://license.tsc.gov.np/ अनलाइनबाट दिन सकिने आयोगले जनाएको छ।



