६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

स्पाइन ट्युमर रोगी राजकुमार लावतीद्वारा उपचारको लागि सहयोगको याचना



काठमाडौं । स्पाइन ट्युमर रोगबाट ग्रसित भई काठमाडौं स्थित काठमाडौं क्यान्सर सेटरमा उपचार गराईरहेका बिरामी राजकुमार लावतीले थप उपचारको लागि सहयोगको अपिल गरेका छन् ।

पान्थर मिक्लाजुङ ५ चिसोपानी पञ्चमी बजार निवासी बर्ष ४० का क्यान्सर पिडित राजकुमार लावतीले थप उपचारको लागि आर्थिक अवस्था नाजुक हुँदै गएकोले आर्थिक सहयोगको अपिल गरेका हुन् ।

बिगत १४ बर्ष अगाडी बाथ रोग भएको र त्यहीं बाथ रोग, नसा रोग हुर्दै बिगत ३ बर्ष अगाडी भने त्यहीं बाथ रोग स्पाईनमा ट्युमर (मेरुडण्डको नसामा ट्युमर) पलाएर क्यान्सर रोगमा परिनत भएकोले अन्नपुर्ण न्युरो हस्पिटलमा अप्रेशन गराएको लावतीले बताए ।

अपरेशन गराएको ३ बर्ष पछि भने दाहिने पटिको हात र खुटा नचल्ने प्यारालाइसिसको लक्षण देखिएकोले अन्नपुर्ण न्युरोमा एमआरआई गर्दा पुनः ट्युमर पलाएको र दोस्रो अपरेशन गर्नुपर्ने भएकोले बिगत ३ महनिा अगाडी अपरेशन गराएर हाल हप्ताको पाँचदिन काठमाडौं क्यान्सर सेटरमा रेडिएशन गराईरहेका लावतीले नेपाली दाजु भाई दिदी बहिनी शुभचिन्तकहरुमाझ आर्थिक सहयोगको अपिल गरेका हुन् ।

श्रमिति, एक छोरा र एक छोरीको पिता समेत रहेका लावतीको २५ वाटा रेडिएशन गराएपछि भने फिजीओ थेरापी गर्नुपर्ने चिकित्सकको सल्लाह बमोजिम उपाचरकार्य लामो समय सम्म लाग्ने भएकोले भएभरको आर्थिक अवस्थाले नभ्याउने भएकोले सहगोगी मनहरुमाझ सहयोगको अपेक्षा लिनु परेको बिरामीका भेना थाकुहाङ मेरिङ सङबाङफेले बताए ।

सहयोगका लागि सम्पर्क
थाकुहाङ मेरिङ सङबाङफे (बिरामीका भेना)
सम्पर्क न. 9818626184

SUNRISE BANK

Account Number : 1501126054205001

Account Holder : THAKU HANG SAMAMMPHE


यसैगरि QR CODE बाट पनि डाइरेक्ट सहयोग गर्नसक्नु हुनेछ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  २ : ०२ बजे