६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

कोशी खारेजीको माग राख्दै चुम्लुङले ३५औं स्थापना दिवस मनायो



काठमाडौं ।  किरात याक्थुङ चुम्लुङले ३५ औं स्थापना दिवसको अवसरमा  प्रदेशको नाम कोशीको विरोध गदै ललितपुरको जावलाखेलदेखि ढोलाहिटीस्थित चुम्लुङ् हिमसम्म प्रदर्शन ¥याली निकालिएको थियो ।

कियाचुले कोशी नाम खारेज गरी ऐतिहासिक पहिचानको आधारमा प्रदेश नं. १ को पुनः नामाङकन हुनुपर्ने माग गरेको छ । ३५औं स्थापना दिवसलाई कोशी खारेजीको आन्दोलनको रुपमा मनाउँदै प्रदेशको नाम “लिम्बुवान किरात कायम गर” भन्ने मूल नाराका साथ ¥याली निकालिएको चुम्लुङ महासचिव निरन्ती तुम्बापोले वताइन् । जावलाखेल चोकमा ¥याली शुरुहुनु अघि कोशी खारेजी सन्दर्भलाई जोडेर कला प्रदर्शनीको समेत कियाचूले आयोजना गरेको छ । मध्यान्हको १२ बजेबाट ¥याली शुरु भई दिउँसो २ बजे चुम्लुङहिम पुगेर सभामा कार्यक्रम परिणत भएको थियो ।

 

पूर्व कुलपति तिलविक्रम नेम्बाङ बैरागी काईलाको प्रमुख आतिथ्यतामा आयोजित स्थापना दिवस कार्यक्रममा जनजाति महासंघ लगायत विभिन्न जातीय संघसंस्थाका प्रमुखहरु, सामाजिक तथा बौद्धिक व्यक्तित्वहरु, विभिन्न राजनैतिक दलका प्रमुखहरु र कियाचूका पूर्व अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न लिम्बु याक्थुङ थरगत सयङ्, याक्थुङ युवा मञ्च, लिम्बु विद्यार्थी मञ्च लगायतका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता कियाचू संघीय अध्यक्ष प्रेम येक्तेनको अध्यक्षतामा भएको थियो ।

गत फागुन १७ गते कोशी प्रदेशको नामकरण भएको थियो । दुई तिहाइ बढी मतले उक्त नाम पारित गरेको थियो । तर त्यसयता कोशी प्रदेशको नामको विरोध हुँदै आएको छ । चुम्लुङ्, किरात राई यायोक्खा, शेर्पा संघ, आदिवासी जनजाति महासंघ, किरात धर्म तथा साहित्य उत्थान संघ लगायत ४० भन्दा धेरै संघसंस्था र राजनैतिक दलहरुले प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन गरि यतिवेला प्रदेश १ मा आन्दोलन गरिरहेको छ ।

 

 

 

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ४ : ४२ बजे