३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

झापामा सामी पालुङवाको संयोजकमा १५ सय १ जनाको पहिचानको लागि युवा घोषणा



झापा । पहिचानको आन्दोलन सशक्त बनाउनको लागि झापामा पहिचानको लागि युवा गठन गरिएको छ ।

बिर्तामोडस्थित सिटि सभाहलमा झापा जिल्लाका पहिचानवादी युवाहरुको भेलाले  शनिबार कार्यक्रमको आयोजना गरी सामी पालुङवाको संयोजकत्वमा १५ सय १ सदस्यीय युवा दस्ता घोषणा गरिएको हो ।

यसैगरी सह संयोजक सुमन सम्बाहाम्फे,कर्ण राजवंशी , सदस्य सचीव गौरिमान राई रहेका छन् ।

कार्यक्रममा किरात राई यायोक्खा अध्यक्ष जीवन हताचो , किरात याक्थुङ चुम्लुङ उपाध्यक्ष गोविन्द आङबुहाङ, पहिचान सहितको प्रदेश १ पुनः नामाङकन अभियान  अध्यक्ष डकेन्द्रसिंह थेगिम, राष्ट्रिय जनमुक्ति पार्टी सात घटकका अध्यक्ष केपी पालुङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष ज्ञानु इम्बुङ ,आदिवासी जनजाति महासंघ उपाध्यक्ष युवराज जीरेल, नेपाल शेर्पा संघ महासचिव लाक्पा शेर्पा ,नागरिक उन्मुक्ति पार्टी एकीकृत महासचिव दिल कुमार लाओती, जसपा नेपाल ,लिम्बुवान राष्ट्रिय समिती मुख्य सचिब केदार धिमाल, पहिचानको लागि युवाका संयोजक राई  सहसंयोजक बिराज आङ्देम्बे लगायतको उपस्थिति रहेको थियोे ।

पहिचानवादीहरुको हजारौंको उपस्थितिमा र्यालिसहित कोशि प्रदेश नाम मान्दैनौ, कोशी प्रदेश नाम मुर्दाबाद जस्ता नाराबाजी गर्दै युवा दस्ताहरुले बिर्तामोड बजार  मार्चपास सहित परिक्रमा गर्दै मुक्तिचोक छेउमा कोणसभा गरिएको थियोे  ।

कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनलाई सशक्त बनाउने उद्देश्यका साथ गाउँदेखि सहरसम्म पहिचानको लागि युवा गठन गरिएको हो । त्यस्तै युवा दस्ताले कोशी नामकरण खारेजीको आन्दोलनलाई व्यवस्थित र सशक्त बनाउन स्वयम्सेवकको भूमिका निर्वाह गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  २ : २१ बजे