४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026

काठमाडौं उपत्यकामा उधौली सेवा सम्पन्न



 

काठमाडौं । काठमाडौं उपत्यका ब्यापी बृहत उधौली सेवा, साक्मुरा वादेम्मा तथा येतलाधुङ सेमी सेवा भब्य रुपले सम्पन्न भएको छ ।

किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भोको आयोजनामा  बिहिवार  पशुपती गुह्येश्वरी किनारमा लाधुङ सेमी सेवा सम्पन्न भएको हो ।

बिश्व शान्ति तथा मानव एकता चराचर सृष्टि रक्षार्थ काठमाडौं उपत्यकामा हरेक बर्ष आयोजना हुदैँ आएको सेवालाई यस पटक पनि निरन्तरता दिईएको सेवामा करिब ४ सय भन्दा बढी भक्तजनहरुको उपस्थिती रहेको थियो ।

बिहिवार बिहानै गालिश्राप बहन्ती गरि सुरु गरिएको सेवालाई साङ्दाङ्गेन वारुम्साबा याम नेयोङ्हाङले साम्जिक मुन्धुम बाचन गर्नुभएको थियो ।

त्यसैगरी साङ्दाङगेन वारुमसाबाहरु हरि थक्लिहाङ, ज्ञानु इजम, शान्ती शेर्मा, पुर्णहाङ साँबा, शान्ती आङ्बुहाङ, मदन खालिङ, राजा माबोहाङ, प्रेम वनेम, रचना थेबे, अबिरमान साँबा, मान बहादुर तबेबुङ लगायतले साम्जिक मुन्धुम बाचन गर्नुभएको थियो ।

लाख बत्ती प्रज्वलन सहित येत नाम्धुङ लाधुङ्सेमी तथा उभौली सेवा बिगत २०७० देखि निरन्तर आयोजना हुँदै आएको छ ।

 

किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भो को आयोजनामा सम्पन्न उक्त सेवामा विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो । सेवामा सहयोग गर्नुहुने सहयोगीदाता, स्वयंमसेवक, माङ्सेवासाबा हरुलाई धन्यवाद पत्र प्रदान गरिएको थियो ।

 

 

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ३ : ३४ बजे