८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

किरात याक्थुङ नेम्वाङ सङ्जुम्भोको प्रथम साधारण सभा सम्पन्न,अध्यक्षमा नन्दकुमार नेम्वाङ



माङसेबुङ । इलामको माङसेबुङ ३ मा किरात याक्थुङ पेभाकुम नेम्वाङ सङ्जुम्भोको प्रथम साधारण सभा सम्पन्न भएको छ ।
बुधबार मनिपुरस्थित नेम्वाङ सङ्जुम्भोको कार्यालयमा साधारण सभा तथा पाँचौ अधिबेशन सम्पन्न भएको हो ।

कार्यक्रममा किरात चोःलुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यमा सम्पन्न सङ्जुम्भोको पाचौं अधिबेशनले नन्दकुमार नेम्वाङको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

उपाध्यक्षद्वयमा प्रेम बहादुर लिम्बू, इन्द्रमाया नेम्बाङ, महासचिवमा दुदबहादुर नेम्बाङ र कोषाध्यक्षमा देवि प्रसाद नेम्बाङ चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा बिन्दु प्रकाश नेम्बाङ, रामकृष्ण नेम्बाङ, भिममाया नेम्बाङ, नन्द प्रसाद नेम्बाङ, गणेश नेम्बाङ, मनमाया नेम्बाङ, कमल प्रसाद नेम्बाङ, निर्माला लिम्बू, नरेन्द्र नेम्बाङ, मोहनसिं नेम्बाङ, धन बहादुर नेम्बाङ र शान्ति कला लिम्बू रहेका छन् ।

इलाम, पाँचथर, झापा, मोरङ र सुनसरीका प्रतिनिधिहरु उपस्थित कार्यक्रममा सङ्जुम्भोले माङसेबुङ ५ इलाम निवासी होमकर्ण नेम्वाङलाई सम्मान गरेको छ । यस्तै गुरु निजी आश्रम कृषि तथा भौतिक पुर्वधार निर्माण आर्थिक व्यवस्थापन समितिका अध्यक्ष तारबीर नेम्बाङलाई बधाई ज्ञापन गरेको कार्यक्रममा सहयोगीहरुलाई धन्यवाद पत्र प्रदान गरेको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  १ : ५७ बजे