इलाम । कोशी प्रदेशको मुख्यमन्त्रीमा दुईजनाले दाबी पेश गरेपछि प्रदेश प्रमुखले पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्तिका लागि समय लिएका छन् । उनले परामर्शका लागि समय लाग्ने भन्दै आज मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गरेका हुन् । दुईजनाको दाबी परेपछि आवश्यक परामर्शका लागि समय लाग्ने भन्दै मुख्यमन्त्री नियुक्त नगरेका हुन् ।
तर काँग्रेसका शीर्ष नेताहरूको निर्णयविरुद्ध असन्तुष्टि जनाउँदै काँग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले आफूसहित काँग्रेसका ९ सहित प्रदेश सभा सदस्य र एमालेका ३९ प्रदेश सभा सदस्यको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी गरेका छन् । उनीसहित काँग्रेसका ८ प्रदेश सभा सदस्यले प्रदेश प्रमुख परशुराम खापुंग समक्ष उभिएर केदार कार्कीबाहेक अरु कसैलाई मुख्यमन्त्री नियुक्त गर्न हस्ताक्षर नगरेको भन्दै पत्र बुझाएका छन् ।
पत्र बुझाउँदा नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता हिमाल कार्की उपस्थित नभएपछि पत्रमा हस्ताक्षर गरेका छन् । उपस्थित भएका प्रदेशसभा सदस्यहरूले प्रदेश प्रमुखलाई बुझाएको पत्रमा अरु कसैले मुख्यमन्त्री बनाउन भनेर बुझाएको पत्रमा आफ्नो हस्ताक्षर भए त्यो झुटो भएको बताएका छन् ।


