माङसेबुङ: किरात धर्म, संस्कार संस्कृतिको संरक्षण र सम्वद्र्धनमा क्रियाशिल किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको वार्षिक चोमेन सेवासँगै ४४ औं स्थापना दिवस तथा अभिनन्दन कार्यक्रम विहिबार सम्पन्न भएको छ ।
पान्जुम्भोको स्थापना दिवस तथा अभिनन्दन कार्यक्रममा विगतका वर्षझै यस वर्ष किरात धर्म दर्शन, भाषा, लिपि, साहित्य र संस्कार संस्कृतिको उत्थान र प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याउने अग्रज व्यक्ति ज्ञानोदय लाओतीलाई अभिनन्दन गर्दै स्थापना दिवस मनाइएको हो ।
कार्यक्रममा प्रमुख अतिथि माङ्सेबुङ गाउँपालिका उपाध्यक्ष बिनोदकुमार नेम्बाङ, विशेष अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, अतिथिहरु गुरु प्रवक्ता डिल्लीराम चाम्लिङ, किरात धर्म तथा साहित्य उत्थान संघ उपाध्यक्ष दुधबहादुर लाओती रहेका थिए ।
कार्यक्रममा किरात साम्यो साक्थिम्गेन मुजोलुङ पान्जुम्भोका केन्द्रीय कलाकारहरुमध्येसाहिल पराङदेन र युमा थुलुङलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने, पान्जुम्भोका सह सचिव दिलिप माखिम याक्थुङ स्टार फाइनललिस्ट हुन सफल भएकोमा प्रंशसा पत्रद्धारा सम्मान गरिएको थियो ।
माङसेबुङ ५, इलाममा पान्जुम्भाले त्रिदिवसीय रुपमा स्थापना दिवस मनाउनेक्रममा वार्षिक चोमेन सेवा अन्तर्गत मंगलबार (असोज २३ गते) साक्मुरा वादेम्मा, बुधबार किरात हाङसाम मुजोत्लुङ माङहिममा नाम्धुङ लाधुङ सेमी सेवा आयोजना गरिएको थियो ।
पान्जुम्भोको स्थापना वि.स. २०३७ साल असोज २५ गते भएको थियो ।