६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

२९ गतेदेखि अनिश्चितकालीन धनकुटा बन्द



इलाम । पहिचान आन्दोलनमा संलग्न भएकै कारण प्रहरीले  गत असोज २५ गते घरैबाट पक्राउ गरेका धनकुटा चौबिसेका पहिचानवादी नेताहरु मनकुमार याम्फु, बुलन चेम्जोङ र सानु लिम्बुलाई बिनासर्त रिहाई गर्न प्रदेश १  पुनः नामाङकन संयुक्त संघर्ष समितिले माग गरेको छ ।

संघर्ष समितिले प्रेस विज्ञप्ति जारी गरी प्रहरीले पक्राउ परेका  तीनजनालाई  असोज २८ गतेभित्र नछाडे  २९ गतेदेखि   अनिश्चितकालीन धनकुटा बन्द गर्ने चेतावनी दिएको हो । संघर्ष समितिले घोषणा गरेको कार्यक्रम अनुसार समितिले असोज २७ गते दिउँसो १२ बजे इलाका प्रहरी कार्यालय राजारानी घेराउ गर्ने, असोज २८ गते धनकुटामा विरोध कार्यक्रम गर्ने र असोज २९ गते सुनसरीको धरान–भेडेटार, बराहक्षेत्र, मोरङको लेटाङ सिंहदेवी हुँदै बुधबारे, पाँथचरको ६ नं. बुधबारे–रवि, तेह्रथुम र भोजपुरबाट धनकुटा जाने सबै नाका बन्द गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

संघर्ष समितिद्वारा प्रेस विज्ञप्ति 

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति

प्रेस विज्ञप्ति

२०८० असोज २७ गते

प्रदेश नं १ मा चलिरहेको ‘कोशी’ नाम खारेजीको आन्दोलनकै सन्दर्भमा झूठा आरोपमा २०८० असोज २५ गते धनकुटाको चौविसे स्थित घरैबाट पहिचानवादी नेता कार्यकर्ताहरू मनकुमार याम्फू, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बुलाई प्रहरीले बिना अभियोग, अदालतको आदेश वा कुनै जानकारी ने बिना व्यक्तिगत स्वतन्त्रता, मानव अधिकार र गोपनीयताको अधिकार समेतको उलङ्घन गर्दै घरैबाट अपहरण शैलीमा पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जनालाई तत्काल छाइन सोही दिन २५ गते नै विज्ञप्ति मार्फत प्रशासनलाई जानकारी गराएको थियो साथै संयुक्त सङ्घर्ष समितिले निरन्तर पहल गरिरहेको छ । यद्यपि हालसम्म रिहाइ नभएकाले २०८० असोज २८ गतेसम्म विना सर्त नछाडे २९ गतेदेखि अनिश्चितकालीन धनकुटा बन्द गरिने यसै विज्ञप्ति मार्फत सबैमा जानकारी गराउदै तपसिल बमोजिमको कार्यक्रम घोषणा गर्दछौं ।

कार्यक्रमहरू

१) आज २०८० असोज २७ गते १२ बजे इलाका प्रहरी कार्यालय राजारानी घेराउ तथा धनकुटा बन्दबारे प्रचारप्रसार र हिराइबारे थप पहल गर्ने 1

२) २०८० असोज २८ गते धनकुटामा विरोध कार्यक्रम गर्ने ।

३) २०८० असोज २९ गते सुनसरीको धरान-भेडेटार, बराहक्षेत्र, मोरङको लेटाङ सिंहदेवी हुदै बुधबारे, पाँचथरको ६ नं. बुधवारे रवि, तेह्रथुम, भोजपुरबाट आउने सम्पूर्ण नाका बन्द गर्ने ।

४) २०८० असोज ३० गतेदेखि अनिश्चितकालीन धनकुटा जिल्ला बन्द ।

प्रदेश नाम ‘कोशी’ – खारेज गर। प्रदेश नाम ‘कोशी’ मुर्दावाद ! सहिद पदम कुमार लिम्बु – ‘लाजेहाङ’ – अमर रहून् ! पहिचानको आधारमा प्रदेश नं. १ को पुनः नामकरण गर ! –

प्रेम येक्तेन

अध्यक्ष किरात पावुड

ग्याल्जे शेर्पा

अध्यक्ष नेपाल आदिवासी जनजाति महासङ्घ

इकेन्द्रसिंह थेगिम अध्यक्ष

जीवन हाताचो राई

अध्यक्ष

लाक्पा शेर्पा महासचिव

पहिचान सहितको प्रदेश नं. १ किरात राई यायोक्खा नेपाल शेर्पा सङ्घ पुनः नामाकन अभियान समितिः

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति)

 

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ७ : ३४ बजे