इलाम । पहिचान आन्दोलनमा संलग्न भएकै कारण प्रहरीले गत असोज २५ गते घरैबाट पक्राउ गरेका धनकुटा चौबिसेका पहिचानवादी नेताहरु मनकुमार याम्फु, बुलन चेम्जोङ र सानु लिम्बुलाई बिनासर्त रिहाई गर्न प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले माग गरेको छ ।
संघर्ष समितिले प्रेस विज्ञप्ति जारी गरी प्रहरीले पक्राउ परेका तीनजनालाई असोज २८ गतेभित्र नछाडे २९ गतेदेखि अनिश्चितकालीन धनकुटा बन्द गर्ने चेतावनी दिएको हो । संघर्ष समितिले घोषणा गरेको कार्यक्रम अनुसार समितिले असोज २७ गते दिउँसो १२ बजे इलाका प्रहरी कार्यालय राजारानी घेराउ गर्ने, असोज २८ गते धनकुटामा विरोध कार्यक्रम गर्ने र असोज २९ गते सुनसरीको धरान–भेडेटार, बराहक्षेत्र, मोरङको लेटाङ सिंहदेवी हुँदै बुधबारे, पाँथचरको ६ नं. बुधबारे–रवि, तेह्रथुम र भोजपुरबाट धनकुटा जाने सबै नाका बन्द गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।
संघर्ष समितिद्वारा प्रेस विज्ञप्ति
प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति
प्रेस विज्ञप्ति
२०८० असोज २७ गते
प्रदेश नं १ मा चलिरहेको ‘कोशी’ नाम खारेजीको आन्दोलनकै सन्दर्भमा झूठा आरोपमा २०८० असोज २५ गते धनकुटाको चौविसे स्थित घरैबाट पहिचानवादी नेता कार्यकर्ताहरू मनकुमार याम्फू, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बुलाई प्रहरीले बिना अभियोग, अदालतको आदेश वा कुनै जानकारी ने बिना व्यक्तिगत स्वतन्त्रता, मानव अधिकार र गोपनीयताको अधिकार समेतको उलङ्घन गर्दै घरैबाट अपहरण शैलीमा पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जनालाई तत्काल छाइन सोही दिन २५ गते नै विज्ञप्ति मार्फत प्रशासनलाई जानकारी गराएको थियो साथै संयुक्त सङ्घर्ष समितिले निरन्तर पहल गरिरहेको छ । यद्यपि हालसम्म रिहाइ नभएकाले २०८० असोज २८ गतेसम्म विना सर्त नछाडे २९ गतेदेखि अनिश्चितकालीन धनकुटा बन्द गरिने यसै विज्ञप्ति मार्फत सबैमा जानकारी गराउदै तपसिल बमोजिमको कार्यक्रम घोषणा गर्दछौं ।
कार्यक्रमहरू
१) आज २०८० असोज २७ गते १२ बजे इलाका प्रहरी कार्यालय राजारानी घेराउ तथा धनकुटा बन्दबारे प्रचारप्रसार र हिराइबारे थप पहल गर्ने 1
२) २०८० असोज २८ गते धनकुटामा विरोध कार्यक्रम गर्ने ।
३) २०८० असोज २९ गते सुनसरीको धरान-भेडेटार, बराहक्षेत्र, मोरङको लेटाङ सिंहदेवी हुदै बुधबारे, पाँचथरको ६ नं. बुधवारे रवि, तेह्रथुम, भोजपुरबाट आउने सम्पूर्ण नाका बन्द गर्ने ।
४) २०८० असोज ३० गतेदेखि अनिश्चितकालीन धनकुटा जिल्ला बन्द ।
प्रदेश नाम ‘कोशी’ – खारेज गर। प्रदेश नाम ‘कोशी’ मुर्दावाद ! सहिद पदम कुमार लिम्बु – ‘लाजेहाङ’ – अमर रहून् ! पहिचानको आधारमा प्रदेश नं. १ को पुनः नामकरण गर ! –
प्रेम येक्तेन
अध्यक्ष किरात पावुड
ग्याल्जे शेर्पा
अध्यक्ष नेपाल आदिवासी जनजाति महासङ्घ
इकेन्द्रसिंह थेगिम अध्यक्ष
जीवन हाताचो राई
अध्यक्ष
लाक्पा शेर्पा महासचिव
पहिचान सहितको प्रदेश नं. १ किरात राई यायोक्खा नेपाल शेर्पा सङ्घ पुनः नामाकन अभियान समितिः
प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति)


