८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

माङ्सेबुङ ५ मा क्षमता विकास तालिम सम्पन्न



माङसेबुङ । इलामको माङ्सेबुङ ५ मा क्षमता विकास  तालिम सम्पन्न भएको छ ।

आत्मा पवित्र खेलकुद समितिको आयोजनामा सात दिने उद्घोषण, वक्तृत्वकला, कार्यालय सञ्चालन, म्याइनुट लेखन तथा प्रस्तावना पत्र लेखन तालिम गत शुक्रबार सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि माङसेबुङ गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष जनम खम्बु रहनु भएको थियो भने, विशिष्ट अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिंह योङहाङ , उपाध्यक्ष कमला तुम्बापो, सदस्य पूर्ण कार्की ढोली, किरात साम्यो साक्थिम्गेन मुजोलुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेम, किरात साम्यो थामेन्दिङ्मा मुजोलुङ पान्जुम्भोका अध्यक्ष सरुहाङमा इधिङगो, किरात साम्यो माङसेवासाबा मुजोलुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावदेन लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

गत ४ गते सुरु गरिएको तालिममा आङबुहाङ अबोध अविरल, समिता थेबे, सरिता राई, ललितचन्द्र फियाक र मनकुमार आङबुहाङले सहभागिहरुलाई सहजीकरण गर्नु भएको थियो ।

आयोजक समितिको अतिरिक्त क्रियाकलाप विभागका संयोजक सन्जु इङनामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहजकर्ताहरुलाई धन्यवाद पत्र र सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

 

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ६ : १९ बजे