७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

आजदेखि पुनः माङसेबुङमा निस्सा वितरण हुने



माङसेबुङ । बर्षाको कारण स्थगन गरेको लगत प्रविष्टिको निस्सा वितरण कार्य माङ्सेबुङ गाउँपालिकाले पुनः आज बुधबारदेखि सुचारु गर्ने भएको छ ।

भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत प्रविष्टिको निस्सा वितरण बाकि चार वटा वडामा पुनः आजबाट सुरु गर्ने भएको हो ।

माङसेबुङ गाउँपालिकाले जारी गरेको सूचना अनुसार कातिक १५ गतेबाट १८ गतेसम्म बाँकी रहेका ४ वटा वडामा निस्सा वितरण हुने उल्लेख छ । वडा नम्बर २ मा १५ गते, वडा नम्बर १ मा १६ गते, वडा नम्बर ५ मा १७ गते र वडा नम्बर ४ मा १८ गते सबन्धित वडा कार्यालयहरुबाट प्रत्येक दिन बिहान १० बजेबाट निस्सा वितरण हुने बताइएको छ ।

निस्सा लिन सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता लिएर वा सम्बन्धित व्यक्ति नभए एकाघरको नाता खुल्ने व्यक्तिले वडाको सिफारिसका आधारमा नागरिकता पेश गरेर निस्सा बुझ्न सक्ने समेत जारी सूचनामा उल्लेख छ ।

गत महिनाको १६ गते औपचारिक कार्यक्रम गरी वडा कार्यालयहरुबाट भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा भोगचलनको निस्सा वितरण कार्य सुरु गरेको भए पनि वर्षाका कारण भौगोलिक कठिनाइ परेको भन्दै सो कार्य स्थगित भएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ३ : २१ बजे