६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

इलामको माबुमा १३९ औं फाल्गुनन्द जन्मजयन्ती मनाइने



माबु /इलाम जिल्लाको सन्दकपुर गाउँपालिका वडा नम्बर – ४, माबु हाङ्मादेनमा निर्माणाधिन किरात फाआप मिङ्सो माङ्हिमको प्राङगणमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १३९ औ जन्मजयन्ती कार्यक्रम भव्य मनाउने भएको छ ।

सत्य,शान्ति र अहिंसाका त्रिमूर्ति ,युगपुरुष, महागुरु फाल्गुनन्द लिङ्देनले किरात धर्म दर्शन, भाषा ,लिपि ,साहित्य र संस्कृतिमा पुर्याउनु भएको अमुल्य योगदानलाई उच्च सम्मान गर्दै हरेक बर्ष कातिक २५ गते नेपाल लगायत बिश्वभरी नै उक्त दिन जन्मजयन्ती मनाउदै आईरहेका छन् ।

सन्दकपुर गाउँपालिका ४ माबुमा बि.स २०५० सालदेखि औपचारिक रुपमा महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती मनाउदै आइरहेको आयोजक समितिले जनाएको छ ।

यसैगरी कातिक २३ गते धुँवाखोला र माइखोलाको दोभानमा साक्मुरा वादेम्मा( गालीश्राप बहन्ती) गरिनेछ । त्यस्तै   २४ गते माङहिममा येत्नाम्धुङ लाधुङसेमी सेवा गर्ने भएको छ । कार्तिक २५ गते महागुरु फाल्गुनन्दको १३९ औ जन्मजयन्ती भव्यताकासाथ मनाइने र साँझ हरेक किरात भक्तजनहरुको घरमा १ सय ३९ वटा दिपप्रज्वलन गर्ने  किरात फाआप मिङ्सो माङहिमको अध्यक्ष धन प्रसाद साउदेनले जानकारी दिए ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ४ : १० बजे