६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

इलामको फाकफोकथुम रुपाटारमा १३९ औ फाल्गुनन्द जन्मजयन्ती मनाइने



माङ्सेबुङ ।  इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पा रुपाटारमा मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेनको १३९ औं जन्मजयन्ती कार्यक्रम भव्यताकोसाथ मनाउने भएको छ ।

सिद्ध किरात हाङसाम युमा माङहिमको आयोजनामा विविध कार्यक्रमकाविच किरात धर्म दर्शनदाता, समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेनको १३९ औं जन्मजयन्ती कार्यक्रम मनाउन लागिएको हो ।

 

जन्मजयन्तीको अवसरमा २० कातिकमा फाकफोक र देउमाई खोलाको दोभानमा साकमुरा वदेम्मा सेवा, २३ कातिकमा माङहिममा येतनाम्धुङ लाधुङ सेमी सेवा र २५ कातिकमा जन्मजयन्ती विशेषक कार्यक्रमका साथ साँस्कृतिक कार्यक्रम आयोजना गरिने माङहिमका अध्यक्ष पञ्च योङहाङले जानकारी दिए ।

साँस्कृतिक कार्यक्रममा गोमा लिम्बू, दिनेश लिम्बूलगायत कलाकारहरुको साँगीतिक प्रस्तुती रहनेछ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ११ : १७ बजे