२९ आश्विन २०८२, बुधबार | Thu Oct 16 2025

१३९ औं फाल्गुनन्द जन्मजयन्तीको तयारी तीव्र (तस्वीर )



किरात समाचार : किरात धर्म दर्शनदाता, समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १३९ औं जन्मजयन्ती कातिक २५ गते झापाको शिवसताक्षीमा मनाइने कार्यक्रमको तयारी तीव्र पारिएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. ९ स्थित धार्मिकस्थल चिल्लागढ धाममा महागुरु फाल्गुनन्द लिङ्देन १३९ औं जन्मजयन्तीको अवसरमा आयोजित  केन्द्रीय कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको माङसवार हुने महागुरु फाल्गुनन्द लिङ्देन १३९ औं जन्मजयन्ती मूल समारोह समुद्धघाटन आयोजक समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताएका छन् ।

कार्यक्रममा अङसीमाङ तथा अङसीमामाङको हस्तवाहुलीबाट नव निर्मित किरातेश्वर हाङसाम माङहिम उद्धघाटन एवं महागुरु फाल्गुनन्दको पुर्ण कदको शालिक अनावरण कार्यक्रम हुने समारोह सचिव चन्द्र लिङ्देनले  बताए ।

 

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  १२ : ५१ बजे