७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आत्मानन्द कप फुटबल प्रतियोगीताको तयारी शुरु



माङसेबुङ ।  किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द  ‘सेइङ’ ज्यूको ७० औं जन्मोत्सवको अवसरमा इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा ८ मंसिरदेखि सञ्चालन हुने “आत्मानन्द कप”  पुरुष फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको छ ।

रंगशालामा सरसफाई र प्याराफिट निर्माण कार्य सोबारदेखि सुरु गरिएको आत्मा पवित्र हक्चात यक्चुमका  अध्यक्ष मनकुमार आङ्बुहाङ लिम्बुले जानकारी दिए ।

विगत ०६५ सालदेखि निरन्तर बर्षेनी सञ्चालन गदै आइरहेको आत्मानन्द कप अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ज्यूको ५५ औं शुभ जन्मोत्सवबाट फुटबल प्रतियोगिता सुरु गरिएको बताउदै  उनले, स्वदेश तथा विदेशमा रहेका किरात भक्तजन, शुभेच्छुक सहयोगीदाताहरुसमक्ष सहयोगको अपेक्षा गर्दै अपिल समेत गरिएको छ ।

आगामी मंसिर आठ गतेदेखि १७ गतेसम्म आत्मानन्द रंगशालामा सञ्चालन हुने आत्मानन्द कप पुरुष फुटबल प्रतियोगितामा सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ , गोलबजार स्पोर्टिङ क्लब सिराहा, माङ्सेबुङ गाउँपालिका इलाम, धनकुटा जिल्ला फुटबल संघ धनकुटा, तिजोक युवा क्लब पाँचथर, छथर गाउँपालिका तेह्रथुम, एम एफ सी दार्जिलिङ भारत र बि वाई सी भुटानको सहभागिता रहने  आयोजक समितिका अध्यक्ष ‍आङबुहाङले जानकारी दिएका छन् ।

विजेताले ट्रफीसहित नगद तीन लाख एघार हजार एक सय सत्तरी र उपविजेताले ट्रफीसहित दुई लाख पाँच हजार एक सय सत्तरी पुरस्कार प्राप्त गर्नेछन ।
अतिरिक्त खेलतर्फ म्याराथन, पक्लुङ लेप्मा ,छेलो हान्ने, धनुकाड , भलिबल, हाडी फुटाउने, कराँतेलगायतका खेल आयोजना हुने भएको छ । गतसालको आत्मनन्द कप छथर गाउँपालिका तेह्रथुम टिमले जितेको थियो ।

 

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ४ : ३८ बजे