७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आत्मानन्द कपको खेल तालिका सार्वजनिक , उद्धघाटन खेलमा माङसेबुङ र भुटान भिड्दै



माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा समारोह २०८० को अवसरमा मंसिर ८ देखि १७ गतेसम्म सञ्चालन हुने आत्मानन्द कपको खेल तालिका सार्वजनिक गरिएको छ ।

माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा संचालन हुने प्रतियोगिताको खेल तालिका बिहिवार माङ्सेबुङमा पत्रकार सम्मेलन गरि खेल तालिका सार्वजनिक गरिएको हो ।

आत्मानन्द कप प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ चर्चित फुटबल टिमहरुको सहभागिता रहेको छ । । प्रतियोगिताको उद्धघाटन खेल माङसेबुङ गाउँपालिका इलाम र बि वाई सी भुटानबीच खेल्नेछ ।

खेल तालिका

kiratawaj

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  १२ : ४३ बजे