७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पान्थरको वासाँगुमा द्वितीय मेला सम्पन्न



पान्थर । फाल्गुनन्द गाउँपालिकाको वडा नम्बर  ६ र ७ को संगम स्थल व:साँगु, पाँचथरमा कार्तिक २९ गते बाट सुरु भएको ऐतिहासिक द्वितीया मेला शनिबार सम्पन्न भएको छ ।

उक्त मेलामा भएका कार्यक्रमहरु मध्ये  भलिबल र केलाङ  प्रतियोगिता कार्यक्रम भएको थियो भने लिम्बू समुदायमा लोपोन्मुख अवस्थामा रहेका या:लाङ (धाननाच) सिंङ्खेले नाच र येबा: लाङ जस्ता मनोरञ्जन पुर्ण सास्कृतिक अप्रतियोगि नृत्य प्रस्तुत गरिएको मेला आयोजकले जनाएको छ ।

करीब एकसय पच्चास बर्ष देखी सोही ठाउँमा लाग्दै आएको  उक्त द्धितीया मेलामा वलिहाङ तङ्नमको अवसरमा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको फाइनल खेलमा कुम्मायक गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै फाल्गुनन्दले उपाधि हात पारेको थियो ।


उपाधिको लागि फाल्गुनन्दले २५–१६,२२–२५ र २१–२५ को सोझो सेटमा कुम्मायकलाई पराजित गर्दै उपाधि हात पारेको हो । उपाधि बिजेता फाल्गुनन्दले नगद १ लाख १५ हजार ५१५ रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

उपबिजेतामा चित्त बुझाएको कुम्मायकले नगद ६५ हजार ५६५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

प्रतियोगितामा फाल्गुनन्दका बेष्ट स्पाइकर दिपेश नेम्वाङ, लिब्रो बसन्त आङदेम्बे र बेष्ट प्लेयर देबेन चेम्जोङ घोषित हुदै नगद, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेका थिए ।

यसैगरी कुम्मायकको तर्फबाट बेस्ट ब्लकर पुजन खत्री, बेस्ट सेटर कविन निरौला घोषित हुदै नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारे । बिजेता र उपविजेता टोलिलाई गाउँपालिकाका अध्यक्ष वृर्जहाङ आङ्देम्बेले, फाल्गुनन्द–६ र ७ का वडाअध्यक्ष नारायण प्रसाद र देउकुमार आङदेम्बे, पूर्व पालिका अध्यक्ष बीर बहादुर कुरुम्बाङ लगायतका अथितिहरुले पुरस्कार बितरण गरेका थिए ।

त्यस्तै केलाङ प्रतियोगिताको प्रथम सेक्कमुरी फुङ सङजुम्भो मिक्लाजुङ–१  र दोस्रो नामसामी केसामी केलाङ संस्था फाल्गुनन्द–४ भएका थिए । प्रतियोगिताको प्रथम र दोस्रो बिजेताले क्रमशः नगद १७ हजार ५ सय रुपैंयाँ सहित प्रमाणपत्र र नगद १२ हजार ५०० सय रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेको त्रिवेणी युवा क्लबका अध्यक्ष यमराज आङ्देम्बेले बताए ।

प्रतियोगितामा तेह्रथुम, पाँचथर र इलाम जिल्लाका १२ टीम सहभागी रहेको भलिबल खेल संयोजक एकान्त कुरुम्बाङले बताए । सो मेलालाइ सभ्य भब्य र सौहार्दपुर्ण तवरले सम्पन्न गर्न सहयोगी संघ सस्था ब्यापार ब्याबसायि तथा बिश्व सन्चार कर्मी लगायत सम्पुर्ण मिडियालाइ क्लबका अध्यक्षले धन्यवाद प्रकट गरेका थिए ।

 

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  १ : ४५ बजे