७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आत्मानन्द कप : आज पान्थर र धनकुटा भिड्दै



किरात समाचार । माङसेबुङमा जारी आत्मानन्द कप  फुटबल प्रतियोगितामा शनिबार आज पान्थर र धनकुटाबीच भिड्दैछन ।

माङसेबुङ ५ स्थित  प्रस्तावित आत्मानन्द रंगशालामा तिजोक युवा क्लब पान्थर र धनकुटा फुटबल संघ,धनकुटाबीच अपरान्ह २ बजेदेखि खेल शुरु हुने आत्मा पवित्र हक्चात यक्चुमका सचीव सरिता लोहोरुङ राईले बताए ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवाको अवसरमा मंसिर ८ देखि १७ मंसिरसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ चर्चित फुटबल टिमले सहभागिता जनाएका छन् । उद्घाटन खेलमा भुटानलाई १-० गोल अन्तरले पराजित गर्दै माङसेबुङ दोस्रो चरणमा प्रवेश गरेको छ । भने, भुटान पहिलो चरण बाटै जितबिहिन हुँदै बाहिरिए ।

प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

अतिरिक्त खेल तर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ ,छेलो हान्ने, लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, कराते लगायतका खेलहरु समेत संचालन हुनेछ ।

२०६५ सालमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ५५ औं शुभजन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द कपको नगद पुरस्कार राशी यसवर्ष ३ लाख ११ हजार १ सय  ७० रुपैयाँ पुगेको हो ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  १२ : ३७ बजे