८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

आत्मानन्द कप : आज सेमिफाइनलमा सिरिजङ्गा मोरङ र माङसेबुङ इलाम भिड्दै



माङसेबुङ । माङसेबुङमा जारी आत्मानन्द कपको पहिलो सेमिफाईनल खेलमा आज मंगलबार माङसेबुङ गाउँपालिका इलाम र सिरिजंगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङबीच प्रतिष्पर्धा हुदैंछ ।

माङसेबुङ र सिरिजंगा मोरङबीचको पहिलो सेमिफाईनल खेल माङसेबुङ गाउँपालिका ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दिउँसो साढे दूई बजे हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुम सचिव सरिता राईले बताइन ।

आत्मानन्द  कप २०८०  फुटबल प्रतियोगिताको फाईनल खेल  मंसिर १७ गते हुने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिएका छन् ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना महान सेवा समारोह खेलकुद कार्यक्रम अन्तर्गत आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा सञ्चालन भईरहेको आत्मानन्द कपको विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ३ : ३८ बजे