७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

आत्मानन्द कप भलिबल : भद्रपुर झापा सेमिफाइनलमा



माङसेबुङः इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५ स्थित आत्मानन्द खेल मैदानमा आत्मानन्द कप भलिबल प्रतियोगितामा भद्रपुर झापा सेमिफाइनलमा प्रवेश गरेको छ ।

किरात धर्मगुरु ७० औं शुभजन्मोत्सबको अवसरमा आयोजित आत्मानन्द कप १६ औं संस्करणसंगै अतिरिक्त खेलमा आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको हो ।

आज शुक्रबार भएको प्रतियोगितामा भद्रपुर नगरपालिका, झापा र फुङनाम स्पोर्टस क्लब, इलाम बिचको खेलमा फुङनामलाई पहिलो सेटमा २५–१२  र दोस्रो सेटमा २५ –१९ ले पराजित गर्दै भद्रपुर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको विजेताले नगद ७० हजार १ सय ७० उपबिजेताले ३५ हजार १ सय ७० ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताको फाइनल खेल मंसिर १६ गते हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ८ : ३५ बजे