६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

किरात धर्मगुरु ७० औं जन्मोत्सव महान सेवा समारोह तयारी पूरा



माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाडमा लिङ्देन नुमाङगेन्ना महान सेवा समारोह कार्यक्रमको तयारी पुरा भएको छ ।

इलामको माङसेबुङ ५ स्थित भोलि सोमबार  हुने अङसीमाङ  ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङ्मा लिङ्देनज्यूको नुमाङगेन्ना महान सेवा समारोह कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको समारोह अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने तय गरिएको भएपनि विदेश भ्रमणबाट फर्कन ढिलाई भएकाले मन्त्री किराती आउने भएको मूल समारोह समितिका सचिव शक्ति कुमार साबा  मंसिर १८ गते प्रमुख अतिथिबाट नुमाङगेन्ना महान सेवा समारोह समुद्घाटन, शुभकामना मन्तव्य, धन्यवाद आशीर्वचन साथै विशेष महान समारोहबीच सावायेहाड नुमाङगेन्ना सेवा हुनेछ । नुमाङगेन्ना सेवामा ७० जना माङसेवासाबा, माङसेवासामाबाट साम्जीक मुन्धुम वाचन हुने महान सेवा समारोह अध्यक्ष योङहाङको भनाई छ ।

विगतका वर्षझैँ यसवर्ष पनि माङसेबुङ गाउँपालिका–५ माङसेबुङ (लारुम्बा) मा विविध कार्यक्रमसहित लिङदेनको जन्मोत्सव भव्य रूपमा मनाउने तयारी छ । जन्मोत्सवका अवसरमा सञ्चालित आत्मानन्द कप फुटबल प्रतियोगिताको फाइनल आइतबार सकिएको छ । प्रतियोगिताको उपाधि तिजोक युवाक्लब पाँचथरले हात पारेको छ । माङसेबुङ गाउँपालिकालाई सडन डेथमा पराजित गर्दै तिजोकले उपाधि हात पारेको हो ।

१८ गते प्रमुख अतिथिबाट नुमाङगेन्ना महान सेवा समारोह समुद्घाटन, शुभकामना मन्तव्य, धन्यवाद आशीर्वचन साथै विशेष महान समारोहबीच सावायेहाड नुमाङगेन्ना सेवा हुनेछ । नुमाङगेन्ना सेवामा ७० जना माङसेवासाबा, माङसेवासामाबाट साम्जीक मुन्धुम वाचन हुने महान सेवा समारोह अध्यक्ष योङहाङको भन

यस वर्षदेखि प्रत्येक भक्तजनहरुलाई सावायेहाङ जलपान कार्यक्रम पनि व्यवस्था गरिएको छ ।

जन्मोत्सव कार्यक्रम अन्तर्गत मंसिर १९ गते मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाडमा लिङ्देनज्यूबाट विशेष माडआशीर्वचन, मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवाद–पत्र वितरण, पुस्तक पुस्तिका विमोचन, माङगेन्ना चामल वितरण हुने जनाइएको छ ।

समारोहका सांस्कृतिक विभाग संयोजक तथा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अनुसार विगतका वर्षझैं मंसिर १८ र १९ गते साँझ बृहत सांस्कृतिक कार्यक्रममा माङसेबुङ इक्ला गायन प्रतियोगिता सञ्चालन हुने छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ९ : ५१ बजे