७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

साहित्यकार हरि हुक्पा चोङबाङ पुरस्कृत



झापा । कियाचु गुञ्जमान सुब्बा (आङबुहाङ) स्मृति पुरस्कार–२०८० द्वारा लेखक तथा साहित्यकार हरि हुक्पा चोङबाङ पुरस्कृत हुनुभएको छ ।

प्रजातन्त्र आन्दोलनका क्रान्तियोद्धा झापाबासी दिवंगत बौद्धिक व्यक्तित्व गुञ्जमान सुब्बा आङबुहाङको स्मृतिमा स्थापना गरिएको कियाचु गुञ्जमान सुब्बा आङबुहाङ स्मृति पुरस्कार–२०८० द्वारा पुस १६ गते तद्नुसार जनवरी १ मा चोङबाङलाई पुरस्कृत गरिएको हो ।

किरात याक्थुङ चुम्लुङ झापा शाखाको आयोजनामा पुस १६ गते तद्नुसार जनवरी १ तारिखमा आयोजित साहित्यकार तथा इतिहासकार इमानसिं चेम्जोङको १२१ औं जन्मजयन्ती तथा गुञ्जमान सुब्बा आङबुहाङ स्मृति पुरस्कार वितरण समारोहमा चङबाङलाई सो पुरस्कार प्रदान गरिएको हो ।

लेखक तथा साहित्यकार चोङबाङलाई समारोहका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष डा. कमल तिगेलाले नगद ५ हजार सहित पुरस्कृत प्रमाण–पत्र प्रदान गर्नुभयो ।

पुरस्कार चोङबाङद्वारा लिखित दर्जनौं कृतिहरूमध्ये ‘संक्षिप्त हाक्पारे गीत’ अर्थात ‘चुक्मुक् हाक्पारे साम्लो’ लाई छनौट गरि प्रदान गरिएको हो ।

किरात याक्थुङ चुम्लुङ झापाबाट प्रत्येक वर्ष वितरण गरिने गरि स्थापना गरिएको कियाचु गुञ्जमान सुब्बा आङबुहाङ स्मृति पुरस्कार अक्षयकोषको लागि सुब्बाका बहिनीज्वाँई विर्तामोड नगर पालिका वडा नं. १ निवासी क्या. जगनधोज वनेम र बहिनी कृष्णकुमारी आङबुहाङ वनेमले १ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो ।

समारोहमा प्रमुख अतिथि कियाचु संघीय उपाध्यक्ष कमल तिगेला, संघीय सदस्य इक्शा सम्बाहाङफे, पुरस्कृत व्यक्तित्व कियाचुका पूर्व केन्द्रीय उपाध्यक्ष हरि हुक्पा चङबाङ, गुञ्मान सुब्बाका स्मृतिग्रन्थका सम्पादक र÷लेखक बालचन्द्र आङबुहाङ्, जिल्ला सल्लाहकारद्वय क्या. जगनधोज वनेम, दुर्गा नेम्बाङ लगायतले साहित्यकार इमानसिं चेम्जोङ र गुञ्जमान सुब्बा (आङबुहाङ) को ईतिहास, साहित्य र सामाजिक रूपान्तरणको सन्दर्भमा वहाँहरूले गर्नुभएको योगदानको चर्चा गर्नुभयो ।

झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाक लिम्बूको सभापतित्व सम्पन्न समारोहमा जिल्ला सदस्य तथा अभिभावक योगचन्द्र आङबुहाङले कार्यक्रमको औचित्यबारे मन्तव्य राख्नुभएको थियो भने सह–सचिव शर्ण लोवाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

जिल्ला चुम्लुङहिममा सम्पन्न समारोहको कार्यक्रम जिल्ला सचिव प्रेमचन्द्र लिम्बूले सञ्चालन गरेका थिए ।

कियाचु गुञ्जमान सुब्बा (आङबुहाङ) स्मृति पुरस्कारद्वारा पुरस्कृत व्यक्तित्व सेन्छेनहाङ हरि हुक्पा चोङबाङको संक्षिप्त चिनारी :

 

चङबाङ पिता मोहनसिं हुक्पा चङबाङ र माता तुम्बाहाङफे बिष्णुमाया हुक्पा चङबाङको कोखबाट वि.सं. २००७ साल साउन २७ गतेका दिन साविक जलजले–३ निगाले तेह्रथुम लिम्बुवानमा जन्मनु भएको हो । वहाँ एक श्रीमती योङहाङ चन्द्रमाया हुक्पा चङबाङ, तीन छोरा फुङओत्, सेन्ओत् र लाओत्, बुहारी अनिता, रेश्मा र निमा, माङमा र माङमा सहित स–परिवार शिवसताक्षी नगर पालिका वडा नं. १० सैनिक बस्तीमा स्थायी बसोबास गर्दै आउनु भएको छ ।

वहाँका कृतिहरू :
१. थक्लारेन् ताराप्पो तगि पोमाल्ले २०४४ (लिम्बू भाषा खण्डकाव्य)
२. किरात ऐतिहासिक दर्पण (भाग १ ग्रन्थ) २०५१
३. वर्णमा फुलेका फूलहरू (कविता सङग्रह) २०७१
४. त्येअङसी सिरिजङगाको जीवनी एवम् इतिहासको केही झलक (ग्रन्थ २०७२)
५. लिम्बुवानको ऐतिहासिक घटनाका केही कुरा (२०७४)
६. संक्षिप्त हाक्पारे गीत २०७४
लगायत
दर्जनौं अप्रकाशित कृति, लेख रचना संग्रहित छन् ।

वहाँको चलचित्र क्षेत्रको योगदान
१. तुम्दङ फिल्म
(लिम्बू नेपाली द्वैभाषिक–२०५० फिल्म लेखन व्यवस्थापन)
२. लिम्बुवानको ऐतिहासिक परिचय–१
(वृत्तिचत्र २०५७ खोज अन्वेशन, लेखन निर्मनण)
३. अङ्सिमाङ् आत्मानन्द स्वर्णजन्मोत्सव वृत्तचित्र फिल्म–२०६२ (लेखन निर्देशन)
४. माङसेबुङ वृत्तचित्र फिल्म–२०६९ (लेखन निर्देशन)

गुञ्जमान सुब्बा (आङबुहाङ) को संक्षिप्त चिनारी

पिता सुब्बा लोकबहादुर आङबुहाङ र माताद्वय लक्ष्मी कुमारी तुम्बाङफे र धनलक्ष्मी चोङबाङको कोखकाट वि.सं. १९७९ साल पुस १७ गतेका दिन साविक हाङपाङ–७ ताप्लेजुङ लिम्बुवानमा बौद्धिक व्यक्तित्व गुञ्जमान सुब्बा (आङबुहाङ) को जन्म भएको हो ।वहाँले आई.ए. सम्मको शैक्षिक योग्यता हासिल गर्नुभएको थियो ।

शिक्षण :
– भानु मिडिल स्कुल फुङलिङ ताप्लृजुङ (वि.स.ं २००८ देखि २०१०)
– सार्वजनिक विद्धाभवन पुस्तकालय धरान सुनसरी (वि.सं. २०१० देखि२०१४)
– नायव सुब्बा – कृषि मन्त्रालय, काठमाण्डौं
(वि.सं. २०१७देखि २०३७)

राजनैतिक संलग्नता
– प्रवेश – नेपाली काँग्रेस (वि.सं. २००७)
– क्रान्तियोद्धा – प्रजातान्त्रिक आन्दोलन (वि.सं. २००७)
– सचिव – नेपाली काँग्रेसको केन्द्रीय महासमिति चृला काठमाण्डौ (वि.सं. २००९)

सल्लाहकार
आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ, जनमूक्ति पार्टी , लिम्बुवान राज्य परिषद् लगायत विभिन्न सामाजिक संघसंस्था ।

कृति
लिखित तथा अलिखित कथा, कविता, नाटक, निबन्ध र फुटकर लेख ।

सामाजिक कार्य
धर्म तथा संस्कृति साहित्य तथा खेलकुद्, सामाजिक रीतिरिवाज, भाषाा तथा लिपि र सुधारमा जोड र अन्य विकास निर्माणमा पहल ।

गुञ्जमान सुब्बा (आङबुहाङ) स्मृति पुरस्कार व्यवस्थनपन :

इतिहासकार तथा साहित्यकार इमानसिं चेम्जोङको २१२ औं जन्म–जयन्तीको पावन अवसरको दिन पुस १६ गते अर्थात जनवरी १ तारिखका दिन वितरण गर्नेगरी स्थापना गरिएको कियाचु गुञ्जमान सुब्बा (आङबुहाङ) पुरस्कारलाई आगामी वर्षदेखि उचित रूपमा व्यवस्थापन गरिने छ ।
हाललाई सुब्बाका परिवारबाट प्राप्त भएको १ लाख ५० हजार रकमलाई फिक्स डिपोजिट गरेर प्राप्त भएको व्याजको रकम ७०% पुरस्कार रकम बनाइनेछ भने ३०% रकम कार्यक्रम आयोजित खर्चमा खर्च गरिने व्यवस्थापन गरिनेछ । यस अक्षयकोषलाई सञ्चालन गर्न कार्यविधि निर्माण गरिनेछ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ९ : २७ बजे