७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माघ १६ गते याङनामको खलङगाटारमा किरात धर्मगुरु र गुरुआमाको माङसवार हुने



पान्थर ।  किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको पान्थरको खलङगाटारमा देवसवार हुने भएको छ ।

किरात धर्म दर्शनदाता, महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको पुर्णकदको प्रतिमा अनावरणको लागि याङनामको खलङगाटारमा धर्मगुरु र गुरुआमाज्युहरुको देवसवार हुने भएको हो  ।

आगामी माघ १६ गते महागुरुको प्रतिमा अनावरण समारोह कार्यक्रममा धर्मगुरु र गुरुआमा खलङगाटारमा देवसवार हुने आयोजक सँस्था शालिक अनावरण एंव मुन्धुमी पर्यटन सेवा समारोहका संयोजक विरहाङमा तुम्बापो (थाम्सुहाङ) ले जानकारी दिए ।खलङगाटार क्षेत्रको प्रवर्द्धनका लागि शालिक अनावरण एंव मुन्धुमी पर्यटन सेवा समारोह कार्यक्रमको आयोजना हुने समितीका सह–संयोजक सागर केरुङले जानकारी  दिनुभयो ।

कार्यक्रम अन्तर्गत माघ १३ गते उपस्थित हुने, १४ गते साकमुरा वदेम्मा, १५ गते येत लाधुङ सेमि सेवा र १६ गते धर्मगुरुद्धारा आशिर्वचनको कार्यक्रम तय भएको समारोहका अर्थ सचिव नरेन्द्रराज केरुङले जानकारि दिनुभयो । समारोह आयोजनाको लागि यस यसअघि मुल आयोजक समारोह समिती र उप–समितीहरु गठन गरिएको छ ।

May be an image of 10 people

पाँचथरको फिदिम नगरपालिका १० मा पर्ने खलङगाटार धार्मिक ऐतिहासिक एंव पर्यटककिय स्थल हो । ९० दशकको महागुरुले फक्ताङलुङ यात्रा गर्ने क्रममा खलङगाटारमा पुजा गर्दै जानुभएको इतिहासमा छ । त्यसैलेपनि यो क्षेत्र धार्मिक रुपमा महत्वपुर्ण मानिन्छ ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  १ : ४३ बजे