७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

फाल्गुनन्द समाधिस्थलमा फाल्गुनन्द प्रतिमाको शिलान्यास



फाल्गुनन्द/ विश्व शान्ति मानव एकताका संवाहक राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्द लिङ्देनको ध्वाजेडाडास्थित फाल्गुनन्द समाधिस्थलमा प्रतिमा शिलान्यास भएको छ ।

बुधबार महागुरु फाल्गुनन्द लिङ्देनज्युको समाधीस्थल ध्वाजेडाडामा करिब ११ फुटे पुर्णकदको फाल्गुनन्द प्रतिमा फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बिर्जहाङ आङ्देम्बे, उपाध्यक्ष ठाकुरसिङ नेम्बाङज्युको हस्तबाहुलीमा शिलान्यास सम्पन्न भएको हो ।

शिलान्यास कार्यक्रममा फाल्गुनन्द गाउँपालिका २ वडा अध्यक्ष सन्तोष नेम्बाङ, सोही वडाका सदस्य बिरबहादुर नेम्बाङ, फिदिम नगरपालिका ३ नम्बर वडा अध्यक्ष नरेन्द्र गुरुङ, सिलौटी माङहिमका पुर्व माङ्सेवासाबा निलकुमार नेम्बाङ, गुरु निजि आश्रम कृषि तथा भौतिक निर्माण आर्थिक ब्यबस्थापन समिती अध्यक्ष ताराबिर नेम्बाङ, किरात याक्थुङ पेभाकुम नेम्बाङ संजुम्भो अध्यक्ष ननदकुमार नेम्बाङ, किरात प्रज्ञा प्रतिष्ठान सचिब भगिहाङ नेम्बाङ, लब्रेकुटी माङ्हिम माङ्सेवासाबा ध्रुब तुम्बापो, श्री सिलौटी नाम्भुनयक सामुदायिक बनका सहसचिव टेकबहादुर बम्जन, विभिन्न राजनीतिक प्रतिनिधि हरु, पान्थर, इलाम, ताप्लेजुङलगायतका उपस्थितिमा शिलान्यास भएको छ ।

इलामको माङ्सेबुङ ५ स्थित माङ्सेबुङ हेरिटेज प्रा.लि ले निर्माण गरेको करिब ११ फिट अग्लो फाल्गुनन्द प्रतिमा आजै सिलौटी ध्वाजेडाडा आइपुगेको शालिक निर्माण समितिले जनाएको छ ।

करिब २५ लाख खर्च हुने प्रतिमाको आर्थिक सहयोग किरात धर्मावलम्बीले गरेको समितिले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १२ : ४४ बजे