७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माघे सन्क्राति सत्यहाङमा शान्ति मेला सम्पन्न



माङसेबुङ : माघे सक्रान्तिमा इलामको देउमाई नगरपालिका ९ स्थित सत्यहाङमा शान्ति मकर मेला यश वर्ष पनि भब्य रुपमा सम्पन्न भएको छ ।

पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङको प्रमुख आतिथ्यमा, नेपाली कांग्रेस महासमिति सदस्य भेषराज आचार्य देउमाइ नगरपालिकाका मेयर, माइ नगर, माङ्सेबुङ गाउपालिकाका प्रमुख उपप्रमुखहरुको उपस्थितिमा सप्पन्न भएको हो ।

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द ज्ञान सिद्व भूमि खत्रक्पामा मकर मेला र विशेष येत् नाम्धुङ लधुङ सेमी सेवा, विश्व शान्ति तथा मानव एकताका लागि बिषेश सेवा, सावायेहाङ आप्लुेङगेन ताङ्सेप सेवा समेत भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य भेषराज आर्चाय, माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, माङसेबुङ ३ वडा अध्यक्ष लक्ष्यमण खम्बु जनम, नेकपा एमाले इलाम जिल्ला कमिटि सचिवालय सदस्य बुद्धि खनाल, किरात धर्म तथा साहित्य उथान संघ अध्यक्ष डकेन्द्रसिं थेगिम र प्रमुख अतिथी नेम्बाङ्ले मेलाको सम्बोधन गरेका थिए ।
प्रमुख अतिथी नेम्बाङले महागुरु फाल्गुनन्दले ज्ञान साधना गर्नुभएको स्थलको विकासका लागि को सरकार पक्ष को प्रतिपक्ष सबै मिलेर बिकास गर्नुपर्ने बताउनु भयो ।

किरात धर्मगुरुले माघे सक्राती मेलाले सबैमा शान्ति र सुव्यस्था कायम राख्दै आपसी मेलमिलाप भातृत्व कायम बताए । उनले यस क्षेत्र किरात धर्मवलम्बिको मात्रै होइन सबै धर्मावलम्बीले आफ्नो आस्था अनुसारको शक्तीपिठका लागि आआफ्नो सस्कार सस्कृती धर्म झल्काउने खालका संरचना गर्न आग्रह गरे ।

खत्रक्पा संरक्षण समिति अध्यक्ष लोकबहादुर लिङदेनको अध्यक्षतामा सम्पन्न मेलामा भारत, अमेरिका, बेलायत, हङकङलगायत नेपालका विभिन्न मुलुकमा रहेका हजारौं महानुभावहरुको उपस्तिथि थियो ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ३ : ३१ बजे