७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

किरात धर्मगुरु जन्मोत्सवमा विदा दिएकोमा माई र माङसेबुङलाई सम्मान



किरात समाचार। किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ७० औ जन्मोत्सव मंसिर १८ गते स्थानीय सार्वजनिक विदा दिएकोमा इलामको माई नगरपालिका र माङसेबुङ गाउँपालिकालाई सम्मान गरेको छ ।

शुक्रबार खिबेक्वा याक्वा सेवाको अवसरमा किरात धर्मगुरु ७० औ जन्मोत्सव समारोह समितिले मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङदेनज्युहरुको हस्तबाहुलिबाट माई नगरका मेयर खम्बासिंह योङहाङ र माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईलाई सम्मान पत्र प्रदान गर्नुभएको थियोे ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ३ : ५७ बजे